Tuesday, March 31, 2015

बिदाको दिन

'अनी टाढै ?' छिमेकी दिदी सोध्नु हुन्छ
'घुम घाम ' उतर दिन्छु
एक्लै घुम्ने परिबेश नभएको हाम्रो समाजमा एक्लै घुम्न निस्केको मलाई देखेर अनौठो मान्दै फेरी मलाई प्रश्न गर्नु हुन्छ ' अनी बाबु उतै ?'

  ' हजुर '
  यसरी सुरु भएको थियो मेरो शनिबारको दिन दोलखा यति सुन्दर भन्ने कुरा मलाई कहिल्यै थाहा हुन्थेन होला यदि यहाँ नआएको भए। धेरै दिन पछी चरिकोट को मौसम खुलेको थियो अनी त्यो खुलेको मौसममा गौरिशंकर हिमाल मुस्कुराइ रहेझै लाग्थ्यो। अब गौरिशंकर हिमाल पनि आफ्नो झै लाग्न थालेको शायद मकालु हिमाल नि यती आफ्नो नलाग्दो हो ।।। गौरिशंकर हिमाल बादल लाई हेर्दा यस्तो लाग्थ्यो जस्तो कुनै लेडिजले मिलेको कुर्था सलवार लगाएको जस्तो ।।। सेतो हिमाल अनी सेतो बादल ।।

चैते दशै को दिन ।भिमेश्वोर मन्दिरमा मानिसको घुइचो मानिसको घुइचो देखेर आफु मात्र कस्तो नास्तिक रहेछु जस्तो लाग्छ मन्दिर को अर्कीटेक्चरले आकर्शित गरे पनि फोहोर नै फोहोर ले गर्दा मन दिक्क हुन्छ अझ त्यो माथि बली दिएको रगतको कुरै नगरौ खुट्टा टेक्न नि मन हुँदैन तर बिभिन्न मानिसहरु को कृयाकलाप हेर्न आनन्द हुन्छ कोइ फुलको टोकरी बोकेर लाइन बसेको , कोइ बत्ती बाली रहेको , कोइ फोटो खिचिरहेको , कोइ विवाह सम्पन्न गरी रहेको अनी कोइ जस्तो अरु लाई अवलोकन गरी रहेको सबै खलको मानिसहरु

भिमेश्वोर मन्दिर तल त्रिपुरा सुन्दरी को महल अवस्थित ईतिहास थाहा नभएपनी महल मन मोहक त्यसै टहल्न आनन्द लाग्दो बातावरण अनी अली तल हरियाली पार्क निर्माणहिन अवस्थामा जहाँ बाट गौरिशंकर हिमालको द्रिश्य अवलोकन गर्न सकिन्छ मोबाईलमा भएको संगीत सुन्दै गौरिशंकर हिमाललाई टोलाउन पाउँदा स्वर्ग यही जस्तो लाग्छ ।। तर कुनै कुरा नि स्थाइ हुँदैन .. त्यो क्षणको आनन्द लिएर फर्किने सुरसार कस्छु कुनै दिन फेरी त्यहाँ आउने वाचा लिएर ।।।।। 
माता लाई गुराँसको फुल 

त्रिपुरा सुन्दरी महल 
हरियाली पार्क 

No comments:

Post a Comment